झापा, भदौ २३ ।
झापाको दमकबाट लागुऔषध खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले २०८३ भदौ २३ गते दमक नगरपालिका–२ बाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला, बौकामजरफ ठेगाना भएका १९ वर्षीय मोहमद फारुक र २५ वर्षीय चन्दन कुमार मण्डल रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट ४१.२३० ग्राम लागुऔषध खैरो हेरोइन र एक थान मोबाइल फोन बरामद गरिएको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमक, झापामा बुझाइएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।