पत्रकारिता बचाउन भात्री संगठन खारेज गर्नैपर्छ
कैलाश माझी : पत्रकारिता कुनै दल, गुट वा शक्तिकेन्द्रको मुखपत्र होइन—यो जनताको आँखाआगाडि सत्य राख्ने जिम्मेवार पेशा हो। तर आजको यथार्थ हेर्दा, पत्रकारिता आफ्नो मूल उद्देश्यबाट टाढिँदै गएको देखिन्छ। यसको प्रमुख कारणमध्ये एक हो—पत्रकारका राजनीतिक भात्री संगठन। जबसम्म यी संरचनाहरू रहिरहन्छन्, स्वतन्त्र र निष्पक्ष पत्रकारिताको कल्पना अधुरो नै रहनेछ।
सबैभन्दा ठूलो …