भारी वर्षा र चट्याङको जोखिमपछि सप्तकोशीका सबै विद्यालय असोज ९ गते बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सप्तरी, असोज ९ गते ।

कैलाश माझी : सम्भावित भारी वर्षा, हावाहुरी तथा चट्याङ्को जोखिमलाई मध्यनजर गर्दै सप्तरीको सप्तकोशी नगरपालिकाअन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा असोज ९ गते एक दिनका लागि बिदा दिइएको छ।

सप्तकोशी नगरपालिका नगर कार्यपालिकाको कार्यालयले २०८३ असोज ८ गते जारी गरेको सूचनाअनुसार नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय, सिंहदरबारबाट असोज ७ गते प्राप्त पत्रका आधारमा विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

सूचनामा असोज ९, १० र ११ गते नेपालका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, हावाहुरी तथा चट्याङ पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा सम्बन्धित क्षेत्रका विज्ञहरूको पूर्वानुमान रहेको उल्लेख गरिएको छ।

सम्भावित मौसमजन्य जोखिमबाट विद्यार्थी तथा बालबालिका, शिक्षक र कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै असोज ९ गते शुक्रबार? एक दिनका लागि नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले जारी गरेको सूचनामार्फत सम्बन्धित सबै विद्यालय, विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीलाई बिदासम्बन्धी निर्णयबारे जानकारी गराइएको छ।

सप्तकोशी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद ढकालद्वारा जारी सूचनामा मौसमजन्य जोखिमको अवस्थामा विद्यार्थी तथा विद्यालय परिवारको सुरक्षा प्राथमिकतामा राखेर बिदा दिने निर्णय गरिएको उल्लेख छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।