भन्सार छलीका सामानसहित भारतीय मोटरसाइकल सुनसरीमा नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुनसरी, भदौ २९ गते ।

सुनसरीमा प्रहरीले भन्सार छली अवैध रूपमा नेपाल भित्र्याइएको लत्ताकपडासहित भारतीय नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले देवानगञ्ज गाउँपालिका–२ स्थित मरिया खोलाबाट भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार २०८३ भदौ २८ गते साँझ ६ः५० बजे BR 01 CA 1423 नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्ने क्रममा भन्सार छली ल्याइएको अन्दाजी रु. १ लाख ३२ हजार ५०० बराबरको लत्ताकपडा फेला परेको थियो।

प्रहरीले बरामद लत्ताकपडा र भारतीय मोटरसाइकललाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय देवानगञ्ज, सुनसरीमा ल्याई राखेको जनाएको छ।

घटनाबारे आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।