भोटेकोशी बाढीपछि सम्पर्कविहीन सप्तरीका नागरिकको विवरण दिन प्रहरीको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राजविराज, भदौ ११ गते

कैलाश माझी : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा पुगेर सम्पर्कविहीन भएका सप्तरीका नागरिकको विवरण उपलब्ध गराउन जिल्ला प्रहरी कार्यालय सप्तरीले आग्रह गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै रोजगारी, पर्यटन तथा अन्य कामको सिलसिलामा बाढी प्रभावित जिल्लामा पुगेका र हालसम्म परिवारको सम्पर्कमा नआएका व्यक्तिहरूको खोजी तथा उद्धारका लागि विवरण आवश्यक परेको जनाएको हो।

प्रहरीका अनुसार आफ्ना आफन्त वा परिवारका सदस्य सम्पर्कविहीन भएको भए खोजी कार्यलाई तीव्र बनाउन नाम, थर, स्थायी ठेगाना, सम्पर्क नम्बर तथा हाल बसोबास गरिरहेको स्थानलगायतका विवरण नजिकको प्रहरी कार्यालयमा उपलब्ध गराउन अनुरोध गरिएको छ।

बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति जिल्ला प्रहरी कार्यालय सप्तरीले दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

प्रहरीले सम्पर्कविहीन व्यक्तिको विवरण प्राप्त भएमा तत्काल नजिकको प्रहरी कार्यालय वा निम्न नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।

सम्पर्क नम्बरहरू :
📞 जिल्ला प्रहरी कार्यालय, सप्तरी : ९८५२८९०५०२ / ९८५२८९०२७०
📞 प्र.नि. सुमन तामाङ : ९८५१२८०८८१
📞 प्र.ना.नि. प्रेमानन्द ठाकुर : ९८५२६९०१४६
📞 प्र.ज. हुसेन लिम्बु : ९८५२८२४१३९

प्रहरीले विपद्को यस कठिन घडीमा सम्पर्कविहीन आफन्तको खोजी तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन सबैमा आग्रह गरेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।