बजेट देशको आर्थिक समस्या समाधान गर्ने खालको छैन, परम्पराको निरन्तरतामात्रै हो : पूर्वअर्थमन्त्री शर्मा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले सरकारले ल्याएको बजेट परम्पराको निरन्तरता मात्र भएको प्रतिक्रिया दिएका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदमा पेस गरेको आर्थिक वर्ष २०८२–८३ को बजेटबारे प्रतिक्रिया दिँदै पूर्वअर्थमन्त्री समेत रहेका शर्माले बजेट देशको आर्थिक समस्या समाधान गर्ने खालको नआएको बताए ।

उनले भने, ‘लेख्ने विषयहरु सबै लेखिएकै छन् । तिनै कुराहरु दोहोरिने हो, कपिपेष्ट गर्ने हो । अहिले एउटा कुरा नाराहरु कम रहेछन् । खेलमा त्यति विकास गर्ने त भन्नुभयो तर खेलकुद गर्न दिनैहुन्न समस्या यस्ता छन् । तर अहिले नेपालको अर्थतन्त्रको जुन समस्या छ त्यसलाई समाधान गर्न समग्र अर्थ प्रणालीकै पुर्नसंरचना गर्नुपर्छ । तर त्यो पुर्नसंरचना गर्ने स्तरबाट आएन ।’

उनले देशको अर्थतन्त्रको समस्या समाधान गर्न समग्र अर्थ प्रणालीकै पुनःसंरचना गर्नुपर्ने भएपनि त्यस स्तरबाट नआएको बताए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।