मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले दिए राजिनामा, प्रदेश प्रमुखले स्वीकृत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले पदबाट राजिनामा दिएपछि प्रदेशको राजनीतिक परिदृश्य फेरि एकपटक अस्थिर बनेको छ। नेपाल संविधानको धारा १६९ उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री यादवले मंसिर १७ गते दिउँसो पदबाट राजिनामा पेश गरेका थिए।


यस राजिनामालाई प्रदेश प्रमुख सुरेन्द्र लाम कर्णले सोही दिन औपचारिक रूपमा स्वीकृति दिएका छन्। राजिनामा स्वीकृत भएपछि प्रदेशमा नयाँ सरकार गठन वा वैकल्पिक राजनीतिक व्यवस्थापनको आवश्यकता परेकाले शक्ति समीकरण फेरि एकपटक उथलपुथलको अवस्थामा पुगेको राजनीतिक विश्लेषकहरूको मूल्यांकन छ।


प्रदेश प्रमुखले जारी गरेको विज्ञप्ति अनुसार संविधानको धारा १६९ उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्म वर्तमान मन्त्रिपरिषद्कै सदस्यहरूले मन्त्रिपरिषद्को नियमित कामकाज सम्भाल्ने व्यवस्था मिलाइएको छ।


यससँगै अब मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूबीचको छलफल बढी तीव्र हुने अपेक्षा गरिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।