मुस्ताङ, साउन ३० गते।
मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित पर्यटक चेकपोष्टबाट प्रहरीले शंकास्पद अवस्थामा रहेका आठ वटा कन्टेनर र तिनका चालकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार अवैध वस्तु ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा साउन ३० गते दिउँसो करिब १२ बजे प्रहरी टोलीले जोमसोम पर्यटक चेकपोष्टमा विभिन्न कन्टेनरका कागजपत्र जाँच गर्नुका साथै चालकहरूसँग सोधपुछ गरेको थियो।
जाँचका क्रममा उक्त कन्टेनरहरू भन्सार यार्डमा चेकजाँच नगरी सिधै सिल लगाएर ल्याइएको पाइएपछि कन्टेनरभित्र अवैध वस्तु हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ। त्यसपछि प्रहरीले आठवटै कन्टेनर र चालकलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका कन्टेनर र चालक
१. ना.६ ख ४७४१ — धादिङ, धार्के गाउँपालिका–२ का अन्दाजी ३० वर्षीय ईश्वर थापा।
२. को.१ ख ५६९६ — दोलखा, शैलुङ गाउँपालिका–३ का अन्दाजी ४३ वर्षीय रत्नबहादुर तामाङ।
३. बा.प्र.०१००६ ख २२४८ — दोलखा, भीमेश्वर नगरपालिका–८ का अन्दाजी २९ वर्षीय उद्दव बस्नेत।
४. बा.प्र.०१००६ ख ६२७३ — पाल्पा, तानसेन नगरपालिका–८ का अन्दाजी ३६ वर्षीय धर्मबहादुर नेपाली।
५. ना.३ ख ७१६० — सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–२ का अन्दाजी ३५ वर्षीय कर्म शेर्पा।
६. ना.६ ख २०२२ — सिन्धुपाल्चोक, जुगल गाउँपालिका–५ का अन्दाजी ३३ वर्षीय निरोज नेपाली।
७. बा.प्र.०१००६ ख ६६११ — काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका–८ का अन्दाजी २३ वर्षीय विशाल तामाङ।
८. बा.प्र.०१–००५ ख २२४५ — सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिकाका अन्दाजी ३६ वर्षीय गोपाल श्रेष्ठ।
प्रहरीले नियन्त्रणमा लिइएका आठवटै कन्टेनर र चालकलाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, हरिहरभवन, ललितपुर पठाएको छ।
कन्टेनरभित्र के–कस्ता वस्तु रहेको भन्ने विषयमा राजस्व अनुसन्धान कार्यालयबाट थप जाँच तथा अनुसन्धान हुने प्रहरीले जनाएको छ।
हालसम्म कन्टेनरभित्र अवैध वस्तु नै रहेको पुष्टि नभएकाले थप परीक्षण तथा अनुसन्धानपछि मात्र त्यसबारे यकिन हुने प्रहरीले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।