पाल्पामा गाडी दुर्घटना हुदा चालकको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तानसेन : पाल्पामा स्कुटर  दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  रामपुर नगरपालिका–३ रामपुर ओइरीघाटस्थित भित्री कच्ची सडकमा स्कुटर दुर्घटना हुँदा चालक सोही ठाउँका ७५ वर्षीय पदमबहादुर ठाडा मगरको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुनिल मल्लका अनुसार  लाम्टाङबाट ओइरीघाटतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०९–००४ प ८०३९ नंको स्कुटर  अनियन्त्रित भई पल्टिँदा चालक ठाडा घाइते भएका थिए । उनको उपचारका क्रममा रामपुर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।