पूर्व–पश्चिम राजमार्गमा मृत फेला परेका पुरुषको पहिचान हुन सकेन, आफन्तलाई सम्पर्क गर्न प्रहरीको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुनसरी, असोज १६ गते ।

कैलाश माझी : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ जनता चोकस्थित पूर्व–पश्चिम राजमार्गको सडक किनारमा गम्भीर घाइते अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २०८३ असोज १४ गते राति करिब ११ः५० बजे अन्दाजी ३०–३५ वर्ष उमेरका देखिने पुरुष सडकको उत्तरतर्फको किनारमा गम्भीर घाइते अवस्थामा फेला परेका थिए।

स्थानीयको सहयोगमा उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल इनरुवा, सुनसरी पठाइएको थियो। अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

मृतकको शव हाल जिल्ला अस्पताल इनरुवा सुनसरीको शवगृहमा सुरक्षित राखिएको प्रहरीले जनाएको छ। तर, हालसम्म मृतकका आफन्त वा उनलाई पहिचान गर्ने व्यक्ति प्रहरीको सम्पर्कमा आएका छैनन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीले मृतकको फोटोका आधारमा पहिचान गर्न सक्ने व्यक्तिलाई तत्काल प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।