सिन्धुलीमा श्रीमतीले गरिन् श्रीमानको हत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका–६ पानीटंकीमा श्रीमतीको ढुङ्गा प्रहारबाट श्रीमानको मृत्यु भएको छ।

वर्ष ५५ को बुद्धसिं वाइबालाई घरायसी विवादका कारण श्रीमती वर्ष ४८ की राधिका वाइबाले गत कात्तिक १ गते ढुंगाले टाउकोमा प्रहार गरी घाइते बनाएकी थिइन्। उनको आज उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए।

ढुंगाले टाउकोमा प्रहार गरी घाइते भएका बुद्धसिंको सिन्धुली अस्पताल तथा थप उपचारको लागि सोही दिन बाँसबारी न्युरो अस्पतालमा लगिएको थियो। अस्पतालबाट चिकित्सकले थप उपचार नहुने भनी उनलाई घर फिर्ता पठाएका थिए। 

घर फिर्ता भएपछि यनको सिराहाको कर्जन्हा नगरपालिका–५ स्थित ससुरालीमा राखिएको थियो। श्रीमतीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पक्राउ गरेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।