सप्तकोशी : सप्तरी जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार पुष्पा चौधरी ३८ हजार १९५ मतसहित विजयी भएकी छन्।
अन्तिम मतपरिणाम अनुसार उनका निकटतम प्रतिस्पर्धी सुमित कुमार साह (स्वाभिमान पार्टी) ले ७ हजार ८४७ मत प्राप्त गरेका छन्। चौधरीले प्रतिस्पर्धीभन्दा ठूलो मतान्तर कायम गर्दै विजय हासिल गरेकी हुन्।
मतगणना सम्पन्न भएसँगै चौधरीका समर्थक तथा कार्यकर्ताहरूले खुसीयाली मनाउन थालेका छन्। स्थानीय मतदाताले परिवर्तन र नयाँ राजनीतिक नेतृत्वको अपेक्षासहित उनलाई मत दिएको विश्लेषण गरिएको छ।
यो जीतसँगै पुष्पा चौधरी सप्तरी क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित भएकी छन्। निर्वाचन परिणाम सार्वजनिक भएसँगै उनलाई विभिन्न क्षेत्रबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त भइरहेको
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।