राजविराज, भदौ १५ गते ।
कैलाश माझी : सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणाली (e-GP System) अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले प्रकाशित गरेको बोलपत्रको आगामी प्रक्रिया पनि स्थगित गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालयको चलानी नम्बर MTT/१८२ अनुसार विद्युतीय खरिद प्रणाली स्थगित भएकाले कार्यालयबाट प्रकाशित ठेक्का नं. NCB/WPOR/IDPOS/REG/2083-84/2 सम्बन्धी आगामी सम्पूर्ण प्रक्रिया स्थगित गरिएको जनाएको हो।
कार्यालयले अर्को सूचना जारी नभएसम्म बोलपत्रसम्बन्धी प्रक्रिया अघि नबढ्ने जानकारी दिँदै सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रुपक खड्काद्वारा जारी विज्ञप्तिमा e-GP प्रणाली पुनः सञ्चालनमा आएपछि वा सम्बन्धित निकायबाट अर्को सूचना प्राप्त भएपछि बोलपत्रको आगामी प्रक्रिया अघि बढाइने जनाइएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।