सप्तरीमा झुण्डिएर ५० वर्षीय पुरुषको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 

सप्तरी, भदौ १ ।
कैलाश माझी : सुनसरीको दुहबी नगरपालिका–११ तन्मुनाका ५० वर्षीय जगदिश मेहता झुण्डिएको अवस्थामा मृत भेटिएका छन्।

प्रहरीका अनुसार मृतक मेहता विगत ४/५ दिनदेखि सप्तरीको तिरहुत गाउँपालिका–४ स्थित शिवशक्ती होटलमा काम गर्दै आएका थिए। शुक्रबार बिहान करिब ६ बजेतिर होटल नजिकै रहेको सजिवनको रुखको हाँगामा गम्छाको पासो लगाएर झुण्डिएको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी डिमनबाट टोली खटिएको थियो। घटनास्थललाई सुरक्षा घेराभित्र राखी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कंचनपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा SOCO प्राविधिक टोली समेत खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मृत्युको कारणबारे हाल अनुसन्धान भइरहेको र आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।