थाई गाँजा तस्करीको नयाँ रुट खुलासा, विमानस्थलबाट ३९.२८८ किलो बरामद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ३९ किलो २८८ ग्राम उच्चस्तरको (High THC Cannabis) थाई गाँजासहित ८ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार विदेशबाट हवाई मार्ग हुँदै नेपाल भित्र्याइने उच्चस्तरको गाँजाको तस्करीसम्बन्धी प्रोफाइलिङ गर्ने क्रममा ब्युरोको शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौचरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

मिति २०८३ साउन ३१ गते राति थाइल्याण्डको बैंककबाट आएको Thai Airways को उडान नं. TG319 र फुकेटबाट आएको Batik Airways को उडान नं. OD541 मार्फत नेपाल आएका यात्रुहरूमाथि शंका लागेर चेकजाँच गर्दा उनीहरूले बोकेको लगेजबाट ठूलो परिमाणमा थाई गाँजा बरामद भएको ब्युरोले जनाएको छ।

TG319 बाट आएका म्यानमारका Zar Ni Lin (२३), R. [नाम अस्पष्ट], P. Aung Bwar र Chue Myat Thwal Shein तथा Zin Myo Aung (३२) पक्राउ परेका छन्।

त्यस्तै, OD541 बाट आएका भारत पञ्जावका Khushdeep (२३), Gurdeep Singh (३२) र Kamini (२६) पनि पक्राउ परेका छन्।

पक्राउ परेका सबै ८ जनामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट ३९.२८८ किलो थाई गाँजा, ८ थान पासपोर्ट र ८ थान मोबाइल फोन बरामद गरेको छ।

ब्युरोका सह–प्रवक्ता प्रहरी नायव उपरीक्षक जीवन निरौलाका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।