१ लाख ८६ हजार रुपैयाँ जरिवाना तोकिएकी फरार प्रतिवादी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राजविराज, असार १ 

कैलाश माझी : जिल्ला प्रहरी कार्यालय सप्तरीले अदालतबाट फैसला भई लामो समयदेखि फरार रहेकी एक प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले फैसला कार्यान्वयनको क्रममा सम्मानित सप्तरी जिल्ला अदालत, राजविराजबाट लेनदेन (विगो) मुद्दामा दोषी ठहर भई जरिवाना तोकिएकी फरार प्रतिवादी तेतरी यादवनीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार राजविराज नगरपालिका–१ निवासी तेतरी यादवनीलाई खोजतलास गर्ने क्रममा फेला पारी मिति २०८३ असार १ गते पक्राउ गरिएको हो। अदालतको फैसलाअनुसार उनीमाथि १ लाख ८६ हजार ९१० रुपैयाँ जरिवाना तोकिएको थियो।

पक्राउ परेकी प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्मानित सप्तरी जिल्ला अदालत, राजविराजमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

फरार प्रतिवादीहरूको खोजी तथा अदालतको फैसला कार्यान्वयनलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।