सिरहा, भदौ २४ ।
सिरहाको लहानबाट प्रतिबन्धित औषधि CORCOF-C 100 ml का १२३ बोतलसहित एक जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय लहान र सशस्त्र प्रहरी बल सुरक्षा बेस लहानबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा २०८३ भदौ २४ गते बिहान करिब ९ः१५ बजे लहान नगरपालिका–३ स्थित ठाडी चोकमा चेकजाँच गरेको थियो।
ठाडीबाट लहानतर्फ आउँदै गरेको स.१ च १४१४ नम्बरको स्कारपियो रोकी जाँच गर्ने क्रममा उक्त गाडीबाट CORCOF-C 100 ml लेखिएको प्रतिबन्धित औषधि १२३ बोतल फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले प्रतिबन्धित औषधिसहित स्कारपियो गाडीका चालक सिरहा, लहान नगरपालिका–१० बस्ने करिब ४१ वर्षीय विजय कुमार बिसुकेलाई नियन्त्रणमा लिएको छ।
पक्राउ परेका चालक, बरामद औषधि तथा सवारीसाधनलाई इलाका प्रहरी कार्यालय लहानमा ल्याई घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।