३६ लाख ठगी आरोपमा ठमेलको दोहोरी साँझबाट पूर्व हवल्दार पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । यार्सागुम्बा व्यापारमा लगानी गर्ने बहानामा ठगी गर्ने पूर्व प्रहरीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जाजरकोटको नलगाड–७ दल्ली घर भएका ४१ वर्षीय दिपेन्द्र सिंह छन् ।

उनी नेपाल प्रहरीका पूर्व हवल्दार हुन् । सामाजिक सञ्जालबाट चिनजान भएका एकजनासँग यार्सागुम्बा किनबेच गर्ने व्यवसायमा लगानी गर्ने नाममा उनले ३६ लाख लिएर फरार भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले बताए ।

सोमबार उनी ठमेल स्थित दोहोरी साँझबाट पक्राउ परेका हुन् । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ३० लाख बराबरको बैंकिङ्ग कसुरको जाहेरी दर्ता भएको भेटिएको छ ।

बाँकेमा पनि प्रहरीमा भर्ना गराउँछु भनेर उनले १० लाख ठगेको जोहरी दर्ता भएको भेटिएको छ ।

सेनामा भर्ती गराउँछु भनेर ४ लाख लिएको आरोपमा एकजना पीडितले इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएको अपराध रेकर्ड सिस्टममा फेला परेको एसपी जिसीले जानकारी दिए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।