रुपन्देही, भदौ ३० गते ।
नेपाल आयल निगमका ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा रुपन्देहीमा तीनवटा ट्याङ्करसहित एक जना पक्राउ परेका छन्।
सिद्धार्थनगर नगरपालिका–८ स्थित क्षेत्रमा मंगलबार नेपाल आयल निगमका ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा उनीहरूलाई फेला पारेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनास्थलमा दुईवटा ट्याङ्कर फेला परेका थिए भने अर्को एक ट्याङ्कर घटनास्थलबाट भागेर फरार भएको थियो। प्रहरी टोलीले पछ्याउँदै उक्त ट्याङ्करलाई समेत नियन्त्रणमा लिन सफल भएको जनाएको छ।
नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जना व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।