राजविराज, भदौ ५ गते ।
कैलाश माझी : सप्तरी प्रहरीले अदालतबाट फैसला भई फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरी अदालतमा दाखिला गरेको छ।
फैसला कार्यान्वयन गर्ने क्रममा इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले सम्मानित सप्तरी जिल्ला अदालत, राजविराजबाट विभिन्न मुद्दामा फैसला भई वारदातपछि फरार रहेका व्यक्तिहरूको खोजतलास गरेको थियो।
सो क्रममा बोदेबरसाइन नगरपालिका–४ निवासी लक्ष्मी साह र सोही स्थानका इन्द्रजित साहलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूविरुद्ध कुटपिट मुद्दामा अदालतबाट जनही रु. ५ हजार जरिवाना तोकिएको थियो। दुवै जनाबाट गरी जम्मा रु. १० हजार जरिवाना असुल हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी २०८३ साल भदौ ५ गते सप्तरी जिल्ला अदालत, राजविराजमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रहरीले अदालतबाट फैसला भई फरार रहेका अन्य व्यक्तिहरूको समेत खोजतलास तथा फैसला कार्यान्वयनको कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।