विराटनगर, भदौ ३० गते ।
झापा र सुनसरीबाट प्रहरीले ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार भदौ २९ गते झापाको मेचीनगर नगरपालिका–६ मा चेकजाँच गर्ने क्रममा लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले बिर्तामोड नगरपालिका–८ का २८ वर्षीय विजय राजवंशीलाई ३ ग्राम १४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
त्यस्तै, वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले बिर्तामोड नगरपालिका–३ का कुरबान शेखलाई ३ ग्राम ६२ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
यसैगरी, सुनसरीमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी मधुवनबाट खटिएको संयुक्त टोलीले चेकजाँचका क्रममा को.३१ प ८८८५ नम्बरको स्कुटरमा सवार धरान उपमहानगरपालिका–१७ का हेम राई र जयबहादुर खड्गीलाई १ ग्राम ३८ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।
प्रहरीले पक्राउ परेका चारै जनामाथि लागूऔषधसम्बन्धी आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।