झापामा भारतीय मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

झापा, असोज १ गते ।

झापाको झापा गाउँपालिका–३ कामाटोलीमा भारतीय नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बिहीबार बिहान करिब १०ः३० बजे सुरुङ्गाबाट कामाटोलीतर्फ जाँदै गरेको BR 37 Q 3949 नम्बरको भारतीय मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक भारतको किशनगञ्ज निवासी २८ वर्षीय सुल्तान अलीको टाउकोमा गम्भीर चोट लागेको थियो। घाइते अलीलाई उपचारका लागि बी एण्ड सी अस्पताल, बिर्तामोड लगिएको थियो।

अस्पतालमा उपचारका क्रममा अलीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप विवरण तथा घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।