जम्मुकास्मिर घटनामा पूर्वराजा शाहद्वारा दुःख व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सप्तरी । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मुकास्मिरस्थित पहलगाममा भएको आतंककारी समूहले हिन्दुमाथि गरेको आक्रमण निन्दनीय भएको बताएका छन् । शनिबार शाहले समवेदना सन्देश जारी गर्दै उक्त आक्रमणका कारण हिन्दुवादी यात्रीहरूको निधन भएकोप्रति आफू दुःखी भएको बताएका हुन् ।

‘हालै हाम्रो छिमेकी मित्रराष्ट्र भारतको जम्बु काश्मिर पहलगाममा भएको आतंककारी आक्रमणका कारण धेरै हिन्दुवादी यात्रीहरूको दुःखद निधन भएकोमा हामीलाई अत्यन्त दुःख लागेको छ,’ पूर्वराजा शाहका संवाद सचिव फणिराज पाठकले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो घटनामा परि ज्यान गुमाएका एक नेपाली सहित सबै दिवंगत आत्माप्रति हाम्रो भावपूर्ण श्रद्धान्जली । साथै मृतकजनका सबै शोकसन्तप्त परिवारमा हाम्रो आत्मीय समवेदना ।’

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।