किशोर श्रेष्ठको रिहाइका लागि पत्रकार महासंघ सडकमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, साउन २८ गते।

वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले आज काठमाडौंमा धर्ना दिने भएको छ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले जारी गरेको सूचनाअनुसार वरिष्ठ पत्रकार श्रेष्ठको रिहाइको माग गर्दै आज साउन २८ गते बिहान ९ बजे काठमाडौंको भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा धर्ना कार्यक्रम आयोजना गरिएको हो।

महासंघले धर्ना कार्यक्रममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेका सम्पूर्ण पत्रकार, सञ्चारकर्मी तथा सरोकारवालालाई सहभागी हुन हार्दिक आह्वान गरेको छ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी आह्वानमा पत्रकार श्रेष्ठको रिहाइका लागि एकताबद्ध भएर आवाज उठाउन प्रेस स्वतन्त्रतापक्षधर सबैलाई कार्यक्रममा उपस्थित हुन आग्रह गरिएको छ।

महासंघले पत्रकारमाथि हुने धरपकड तथा कानुनी प्रक्रियाका नाममा प्रेस स्वतन्त्रता र पत्रकारिता क्षेत्रलाई प्रभावित पार्ने गतिविधिप्रति आफ्नो चासो व्यक्त गर्दै आएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।