मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त : कांग्रेसका कृष्णप्रसाद यादवले पाए बहुमतको दाबी गर्ने आधार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र राज कर्णले नेपाल संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाएका छन्।

यसअनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गर्न शुक्रबार साँझ ५ बजे दाबी पेश गर्न आह्वान गरिएको थियो।


आह्वानपछि नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नेकपा (एकीकृत समाजवादी) गरी ६ दलका ७७ जना प्रदेशसभा सदस्यहरूको समर्थनसहित नेपाली कांग्रेसका प्रदेशसभा सदस्य कृष्णप्रसाद यादवले मुख्यमन्त्रीका लागि आफ्नो दाबी पेश गरेका छन्।


प्रदेश प्रमुखको कार्यालयानुसार, संविधानको धारा १६८(२) बमोजिम यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरिएको जानकारी गराइएको छ।


प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शशिभूषण यादवद्वारा जारी जानकारी अनुसार, प्रक्रिया संविधानसम्मत रूपमा विधिवत् पूर्ण भएको उल्लेख गरिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।