मोरङ । सशस्त्र प्रहरी बल नेपालले मोरङका विभिन्न सीमावर्ती क्षेत्रबाट भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ७ लाख ३८ हजार ४ सय ४० रुपैयाँ बराबरका सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङ तथा मातहतका युनिटबाट खटिएको टोलीले २०८३ असोज १५ गते विभिन्न सीमावर्ती क्षेत्रमा चेकजाँच तथा निगरानीका क्रममा ती सामान बरामद गरेको हो।
बरामद सामानमा मोबाइल कभर, किराना सामान, ३ वटा मोटरसाइकल, मेसिनरी सामान, फलफूल लगायत विभिन्न सामग्री रहेका छन्।
सशस्त्र प्रहरीले भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा बरामद गरिएका ती सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।