शिक्षक आन्दोलन टुंगियो, सरकार र शिक्षक महासंघबीच यस्ता छन ९ बुँदे सहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सप्तरी । नेपाल शिक्षक महासंघ र सरकारले २९ दिन लामो आन्दोलनलाई टुंग्याउँदै नौ बुँदे सहमति गरेका छन्। उक्त सहमतिलाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरिसकेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले जानकारी दिए।

मन्त्रिपरिषद्को निर्णयअनुसार शिक्षक र विद्यालय कर्मचारीहरूलाई निजामति अस्पतालमा सहुलियतमा उपचारको व्यवस्था मिलाइनेछ। साथै, राहत तथा अस्थायी शिक्षकलाई बिरामी बिदा सञ्चित गर्न दिने, सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने, ग्रेड समायोजन गर्ने, र बाल विकास शिक्षकलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउने व्यवस्था गरिएको छ।

मन्त्री पन्तका अनुसार शिक्षा मन्त्रालय र महासंघबीच भएको सहमति कार्यान्वयनमा जानेछ, जसअनुसार अब शिक्षकहरू विद्यालय फर्किने छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।