सिराहाको घुर्मी खोला किनारमा भेटिएको शव सम्बन्धी घटनामा एक पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिरहा ।  सिराहा जिल्लाको गोल बजार नगरपालिका वडा न. ९ स्थित घुर्मी खोला किनारमा चैत १२ गते कुहिएको अवस्थामा  फेला परेको शव सम्बन्धी घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सिराहा प्रहरीले घटनामा संलग्नता देखिएको भन्दै गोल बजार नगरपालिका वडा नं. ९, गोविन्दपुर बस्ने २४ वर्षीय वीर बहादुर सार्कीलाई पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा उनलाई पक्राउ गरी सिराहा जिल्ला अदालतबाट सात दिनको म्याद लिइएको प्रहरीले जनाएको छ ।  चैत १२ गते घुर्मी खोला किनारमा गाडिएको अवस्थामा गोल बजार नपा ९ बस्ने बेचन अलिको छोरी १३ बर्सिया गुलशना खातुनको शव कुहिएको अवस्थामा फेला परेको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।