इनरुवा, १६ भदौ।
सुनसरीको दुहबी नगरपालिका–११ नहरचोकबाट प्रहरीले २८ किलो लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मंगलबार दिउँसो करिब ३ः३० बजे इलाका प्रहरी कार्यालय दुहबी, अस्थायी प्रहरी चौकी तनमुना र प्रहरी चौकी औराबनीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले नहरचोकबाट शुक्रबारेतर्फ जाँदै गरेको को २१ प ७९८० नम्बरको मोटरसाइकल रोकी चेकजाँच गरेको थियो।
प्रहरीले मोटरसाइकल चालक सुनसरीको देवानगञ्ज गाउँपालिका–३ बस्ने २३ वर्षीय एम.डी. जावेद मियाँलाई शंकाका आधारमा खानतलासी गर्दा उनले बोकेको झोलाबाट गाँजाजस्तो देखिने पदार्थ २८ किलो फेला परेको जनाएको छ।
प्रहरीले बरामद पदार्थ र मोटरसाइकलसहित मियाँलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुहबी, सुनसरीमा राखेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर डाँगीले जानकारी दिएका छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।