विराटनगर, असोज १ गते ।
मोरङको विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध खैरो हेरोइनसहित दुई भारतीय महिलालाई पक्राउ गरेको छ।
बिहीबार बिहान करिब ११ः३० बजे भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका भारत, जोगवनी बस्ने २५ वर्षीया लिजा खातुन र ४० वर्षीया जुली खातुनलाई चेकजाँच गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो।
चेकजाँचका क्रममा जुली खातुनको साथबाट ९० ग्राम ८५० मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ।
बरामद लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरू लागुऔषध कहाँबाट ल्याएका थिए र कहाँ लैजाँदै थिए भन्ने विषयमा समेत अनुसन्धान अघि बढाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।