सुनसरी । सुनसरी प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली ल्याइएको करिब १ लाख २ हजार रुपैयाँ बराबरको सुर्तीजन्य पदार्थ बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले २०८३ साल भदौ २१ गते बिहान १० बजे सुनसरीको इनरुवा नगरपालिका–४ स्थित बसचोकमा चेकजाँच तथा निगरानी गर्ने क्रममा भारतबाट अवैध रूपमा भन्सार छली ल्याइएको सुर्तीजन्य पदार्थ फेला पारेको हो।
प्रहरीका अनुसार बरामद गरिएको सुर्तीजन्य पदार्थको अन्दाजी मूल्य रु. १ लाख २ हजार रहेको छ। भन्सार छली गरी ल्याइएको उक्त सामग्री नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई राखिएको प्रहरीले जनाएको छ।
प्रहरीले सीमावर्ती क्षेत्रबाट हुने अवैध आयात तथा भन्सार छली नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई निरन्तरता दिँदै आएको जनाएको छ।
यस सम्बन्धमा थप आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।