कञ्चनरूप–१२, सप्तरी ।
कृष्णसवरण गाउँपालिका–बकधुवा, सप्तरीकी निर्मला चौधरी प्रसूति गराउन कञ्चनरूप नगरपालिका–१२ स्थित धर्मेश्वर अस्पताल पुगेकी थिइन्। उपचारकै क्रममा उनको अस्पतालमा मृत्यु भएको बताइएको छ।
घटनापछि अस्पताल परिसरमा तनावको अवस्था सिर्जना भएको छ। मृतकका आफन्त तथा स्थानीयले घटनाबारे छानबिन र मृत्युको कारण सार्वजनिक गर्न माग गरेका छन्।
महिलाको मृत्यु के कारणले भयो भन्ने विषयमा भने सम्बन्धित अस्पताल तथा स्वास्थ्य निकायबाट आधिकारिक विवरण आउन बाँकी छ।
घटनाको वास्तविक कारण पत्ता लगाउन निष्पक्ष छानबिन आवश्यक देखिन्छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।