इनरुवामा १.०८ ग्राम ब्राउन सुगर जस्तो पदार्थ र ५३ ट्रमाडोल क्याप्सुलसहित दुई जना नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुनसरी । सुनसरीको इनरुवाबाट प्रहरीले ब्राउन सुगर जस्तो देखिने पदार्थ, ट्रमाडोल क्याप्सुल र नाइट्रजेपाम ट्याब्लेटसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले २०८३ असोज ४ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार, सोही दिन साँझ करिब ५ बजे इनरुवा नगरपालिका–४ स्थित बसचोकमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट बसपार्क इनरुवाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले दुई जना पैदलयात्रीलाई शंकाका आधारमा चेकजाँच गरेको थियो।

प्रहरीका अनुसार महेन्द्र राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेका मोरङको मिक्लाजुङ गाउँपालिका–९ का ३१ वर्षीय निरज माले र सोही स्थानका ३० वर्षीय दिपेश नेपालीको खानतलासी गर्दा उनीहरूको साथबाट १.०८ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ, ५३ थान ट्रमाडोल क्याप्सुल र १० थान नाइट्रजेपाम ट्याब्लेट फेला परेको थियो।

बरामद पदार्थ तथा औषधिसहित दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।