विराटनगर, असोज ९ गते ।
झापा र मोरङ जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार असोज ८ गते गरिएको चेकजाँचका क्रममा झापाको प्रहरी चौकी टाघनडुब्बाबाट दुई जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा बाह्रदर्शी गाउँपालिका–६ का घनश्याम अधिकारी र फिदिम नगरपालिका–११, पाँचथरका राजु कुमार मेयोङबो रहेका छन्। उनीहरूको साथबाट ७ ग्राम ५६ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, मोरङको इलाका प्रहरी कार्यालय रानीले धरान उपमहानगरपालिका–१० का शिवराज राईलाई पक्राउ गरेको छ। उनको साथबाट ८ ग्राम ६२० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका तीनै जनामाथि बरामद लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।