मोरङका सीमावर्ती क्षेत्रबाट २२ लाख ६७ हजारका भन्सार छलीका सामान बरामद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मोरङ — मोरङका विभिन्न सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले २२ लाख ६७ हजार रुपैयाँ बराबरका भन्सार छली तथा चोरी पैठारीका सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङका अनुसार, २०८३ असोज १२ गते गण तथा मातहतका युनिटबाट खटिएको टोलीले जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रमा निगरानी तथा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ भन्सार छली ल्याउँदै गरेका सामान बरामद गरेको हो।

सशस्त्र प्रहरीले बरामद गरेका सामग्रीमा लत्ताकपडा, कस्मेटिक सामग्री, मेसिनरी सामान तथा किराना सामान रहेका छन्।

त्यस्तै कारबाहीका क्रममा २ वटा अटो, १ वटा स्कुटर र १ वटा ठेला रिक्सा समेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद सम्पूर्ण सामान तथा सवारीसाधनको कुल मूल्य २२ लाख ६७ हजार रुपैयाँ बराबर रहेको जनाइएको छ।

सशस्त्र प्रहरीका अनुसार बरामद सामानहरू आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।