पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१६ बाट ४२.७२० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय वीरगञ्ज र प्रहरी चौकी इनरुवा, पर्साबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले २०८३ कात्तिक ७ गते उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा तनहुँको म्याग्दे गाउँपालिका–६ का २४ वर्षीय अमित दर्जी र म्याग्दे गाउँपालिका–२ का २९ वर्षीय दीपक परियार रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट ४२.७२० ग्राम खैरो हेरोइन र दुई थान मोबाइल बरामद गरिएको छ। पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय वीरगञ्ज, पर्सामा बुझाइएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।
लागूऔषध नियन्त्रण ऐन, २०३३ को सजायसम्बन्धी व्यवस्थाअनुसार बरामद लागूऔषधको परिमाणका आधारमा १० देखि १५ वर्षसम्म कैद र ७५ हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने ब्यूरोले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
ब्यूरोका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक जीवन निरौलाद्वारा जारी विज्ञप्तिअनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।