सिरहा । सिरहामा प्रहरीले लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित दुई जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले २०८३ साल भदौ २२ गते दिउँसो करिब १२ बजे Sweep Operation अन्तर्गत चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार सिरहा नगरपालिका–२ स्थित छोट्की टोलमा चेकजाँच गर्ने क्रममा प्रदेश ३–०२–०१३ प ६४१२ नम्बरको मोटरसाइकल रोकी जाँच गरिएको थियो।
जाँचका क्रममा मोटरसाइकलको पछाडि सवार सिरहाको कल्याणपुर नगरपालिका–७ बस्ने करिब २४ वर्षीय कमलेश कुमार साफीको साथबाट प्लास्टिकसहित तौल गर्दा १६ ग्राम १४० मिलिग्राम लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। प्लास्टिक हटाउँदा यसको तौल १२ ग्राम ८४० मिलिग्राम रहेको प्रहरीको भनाइ छ।
घटनामा कमलेश कुमार साफीसँगै मोटरसाइकल चालक सोही स्थान बस्ने करिब ३२ वर्षीय सन्तोष यादवलाई समेत मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रहरीले बरामद पदार्थ ब्राउन सुगरजस्तो देखिने रहेको जनाएको छ। यसको वास्तविक प्रकृति परीक्षण तथा अनुसन्धानबाट खुल्नेछ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।