सप्तकोसी किनारबाट १८० किलो गाँजा बरामद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

उदयपुर ।  उदयपुरको बेलका नगरपालिका–८ सप्तकोसी नदी किनारमा १८० केजी गाँजा बरामद भएको छ ।

विशेष सूचनाको आधारमा सोमबार राति उदयपुरको इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले दुईवटा ट्युबमाथि नदी किनारमा पानीमा तैरीरहेको अवस्थामा ६ वटा प्लाष्टिकको बोरामा गाँजा बरामद गरेको हाे ।

ओसार पसारमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।