उदयपुर, भदौ २६ ।
उदयपुरको त्रियुगा नगरपालिका–६ बाट प्रहरीले १०१ किलो ६४० ग्राम लागूऔषध गाँजासहित ५ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार भदौ २५ गते प्रहरी चौकी लालपत्ताबाट खटिएको टोलीले त्रियुगा नगरपालिका–६ स्थित गाईघाटबाट कदमाहातर्फ जाँदै गरेका दुई वटा यात्रुवाहक विङ्गर गाडी रोकेर चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा गाडीको छतमा प्लास्टिकमा प्याक गरी झोलाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा १०१ किलो ६४० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।
गाँजा बरामद भएपछि प्रहरीले यसको ओसारपसारमा संलग्न रहेको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई saptakoshisanchar@gmail.com मा पठाउनु होला । धन्यवाद ।