सप्तकोशीको पौराणिक कमलदहमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठ पर्व सम्पन्न
कैलाश माझी,सप्तरी : सप्तकोशी नगरपालिका–१०, भगनीस्थित पौराणिक कमलदहमा मंगलवार बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म मनाइने महापर्व छठ धार्मिक उल्लास, भक्ति र आस्थाका साथ सम्पन्न भएको छ।
बिहान सूर्योदय हुनुअघि नै हजारौं श्रद्धालु र व्रतालुहरू कमलदहको किनारमा जम्मा भएका थिए। हातमा ठकुवा, भुसुवा, उखु, केरा, स्याउ, …