उपचुनावका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू
काठमाण्डौ – आउँदो पालिका तहको उपचुनावमा लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगको आजको बैठकले भोलिदेखि उपचुनाव हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय भएको आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो ।
…