सप्तरीमा जापानिज इन्सेफ्लाइटिसको कहर, दुई जनाको मृत्यु
सप्तरी,राजविराज भदौ ४ गते ।
कैलाश माझी : सप्तरीमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणबाट दुई जनाको मृत्यु भएको छ।
जिल्लाका दुई स्थानीय तहका एक वृद्ध र एक बालकको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।
कार्यालयका अनुसार तिलाठी कोइलाडी गाउँपालिका–१ का ७४ वर्षीय सत्यनारायण यादव र राजगढ गाउँपालिका–३ का …