आगामी तीन दिन मेघगर्जन चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ, वैशाख ४ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको बताएको छ ।
महाशाखाले बिहीबार साँझ जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा बिहीबार राति देशका सातै प्रदेशका हिमाली भेगमा हल्का हिमपातको तथा पहाडी र तराई क्षेत्रमा …