फत्तेपुरमा आशा लघुवित्तको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
कैलाश माझी, सप्तकोशी : सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरमा आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा दोस्रो वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। फत्तेपुर शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न केन्द्रका केन्द्र प्रमुख, उपप्रमुख, सदस्य दिदीबहिनीहरू, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, समाजसेवी, पत्रकार तथा संस्थाका कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको …