कोशी पम्प–चन्द्र नहर क्षेत्रमा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम
सप्तरी – वर्षौंदेखि बेवास्ता, कमजोर निगरानी र राजनीतिक संरक्षणका कारण सरकारी सम्पत्तिमाथि मौलाउँदै आएको अतिक्रमण अन्ततः प्रशासनिक कारबाहीको दायरामा आउन थालेको छ। कोशी पम्प चन्द्र नहर सिँचाइ व्यवस्थापन कार्यालय, सप्तरीले आफ्नो कार्यक्षेत्रभित्र पर्ने नहर, शाखा नहर, प्रशाखा नहर, उपशाखा नहर तथा कार्यालय मातहतका क्याम्प क्षेत्रका सरकारी जग्गामा गरिएको अतिक्रमण हटाउन …